आयाम स्कुलमा निशुल्क आखाँ जाँच सम्पन्न

बुधबार, आश्विन २३, २०८१

theme

सिद्धलेक गाउँपालिका–१ स्थित नलाङ बैरेनीमा रहेको आयाम इङलिस स्कुलमा निशुल्क आखाँ जाँच शिविर सम्पन्न गरिएको छ ।

 

 

विश्व दृष्टि दिवसको अवसरमा तिलगंगा सर्जिकल आँखा केन्द्र धादिङको आयोजना तथा आयाम इङलिस स्कुलको व्यवस्थापनमा शिविर सञ्चालन गरिएको विद्यालय सञ्चालक समितिका अध्यक्ष तथा विद्यालयका निर्देशक विकास कोइरालाले जानकारी दिनुभयो ।
सर्जिकल आँखा केन्द्रका सुपेन्द्र ताम्राकार र सुशिल रेग्मीको टोलिले स्कुलको कक्षा ५ सम्म (१३ बर्ष मुनिका) बालबालिकाहरुको आखाँ जाँच गर्नुभएको कोइरालाले बताउनुभयो।शिविरमा ७३ जना बिद्यार्थी सहभागी भएको स्कुलकी व्यवस्थापक ममिता अर्यालले बताउनुभयो ।
जाँचको क्रममा ७ जना बिद्यार्थीको आखाँमा जटिल समस्या देखिएको र थप जाँचको लागि अस्पताल नै जानुपर्ने देखिएको अर्यालले बताउनुभयो ।

हाललाई समस्या देखिएका बालबालिकाको लागि निःशुल्क औषधि वितरण गरिएको उहाँको भनाई छ ।

#BagmatiKalam


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%


अनि यो पनि

  • थप पढ्नुहोस् :