धादिङको ज्वालामुखी गाँउपालिका-७ स्थित भुवनेश्वरी माध्यमिक विद्यालयको ६६ औं वार्षिकोत्सब तथा अभिभावक भेला सम्पन्न भएको छ ।
ज्वालामुखी गाँउपालिका धादिङका अध्यक्ष यमनाथ दनैको प्रमुख आतिथ्यता साथै वडा नं ७ का अध्यक्ष ज्ञानेन्द्र प्रसाद खकुरालको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा विभिन्न साँस्कृतिक प्रस्तुतिहरु साथै विद्यालयका प्रधानाध्यापक राजाराम इटनीद्वारा विद्यालयको शैक्षिक,भौतिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा विद्यालयका चन्दादाता, अक्षय कोष दाता, पोसाक वितरण गर्ने सहयोगदाता, शैक्षिक सहायता कोष दाता, पुर्व विद्यालय व्यावस्थापन समितिका सदस्य, विद्यार्थीहरुलाई खेलकुद तथा स्टेसनरी सामग्री सहयोगदाता,पुर्व शिक्षक र २०८० सालको see मा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा सम्मानित व्यक्तित्वहरु :
१) सकुन्तला दनै (पुर्व शिक्षक)
२) शारदा धरेल (पुर्व शिक्षक)
३) राजन विश्वकर्मा (पुर्व शिक्षक)
४) मनोज सौडी (विद्यार्थी पोषाक)
५) दिपेन्द्र प्रसाद इटनी (खेलकुद सामाग्री)
६) टिकाराम इटनी (अक्षयकोष दाता)
७) मनिराम इटनी (अक्षयकोष दाता)
८) मिठा सिलवाल (अक्षयकोष दाता)
९) निलध्वज इटनी (अक्षयकोष दाता)
१०) चित्रकुमारी इटनी (स्टेशनरी सहयोग)
११) मानकुमारी इटनी (पुर्व वि व्य स सदस्य)
१२) सिरिमाया तामाङ (पुर्व वि व्य स सदस्य)
१३) पवित्रा तामाङ (२०८० मा see मा उत्कृष्ट नतिजा)