रोटरी धादिङद्वारा १५५ विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

मंगलबार, पौष २३, २०८१

theme

रोटरी क्लव धादिङले धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नम्बर ३ स्थित गंङ्राङमा रहेको कंकालिनी आधारभुत विद्यालयका १५५ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

सामाजिक क्षेत्रमा विभिन्न उल्लेखनीय कार्यहरु गर्दै आएको रोटरी क्लव अफ धादिङका सदस्यहरुले आफैले जुटाएको रकमबाट १२२ जना चेपाङ समुदायका विद्यार्थीसहित १५५ जना बालबालिकाहरुलाई न्यानो स्विटर, टोपी, जुत्ता र मोजाका सामाग्रीहरु वितरण गरेको हो । 

 


कार्यक्रममा रोटरी क्लव धादिङका अध्यक्ष रोटरीयन सुदिप रसाईलीले आफुहरुले अति आवश्यक भएको ठाउँका बालबालिकाहरुलाई न्यानो कपडा दिन पाउँदा समग्र क्लव नै यसमा खुसी भएको बताउनुभएको छ ।

 

 

साथै, रोटरी ईन्टनेशनल ३२९२ का असिस्टेन्ट गर्भनर समेत रेहेका रोटरीयन अशोक कुमार बस्नेतले आफ्नो ठाउँ बनाउन आफै जुट्नुपर्ने र सामाजिक र बालबालिकाको विकासको निमित्त सबैजनाले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

 


यस्तै कायैक्रमा गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, उपाध्यक्ष शर्मिला विशुराल, जिल्ला प्रशाशन कार्यलयका प्रमुख सुमन घिमिरे, जिल्ला प्रहरी प्रमुख दिपेन्द्र शाही, सशस्त्र प्रहरी प्रमुख लक्ष्मी थपलिया तथा वडाअध्यक्ष ऋशिलाल श्रेष्ठ लगायत रोटरी क्लव पूर्व अध्यक्ष रोटरीयन कृष्णलाल उप्रेती, कोषाध्यक्ष रोटरीयन सरस्वति थापा र रोटरी क्लव धादिङका सर्भिस प्रोजेक्ट चेयर प्रकाश भण्डारीको समेत उपस्थित रहेको थियो ।

 

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100%

0%

0%

0%

0%


अनि यो पनि

  • थप पढ्नुहोस् :