धादिङ उद्योग बाणिज्य संघमा पदाधिकारी चयन


theme

धादिङ उद्योग बाणिज्य संघको कार्यसमितिमा पदाधिकारी चयन भएको छ । आइतबार बसेको ११ औं अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो वैठकले पदाधिकारी वाँडफाड गरेको हो ।

 

 

धादिङ उद्योग वाणिज्य संघको विधानमा कार्यसमितिको सदस्य पद र बरिष्ठ उपाध्यक्ष पदमा मात्रै चुनाव हुने गर्दछ ।

अघिल्लो कार्यसमितिका वरिष्ठ उपाध्यक्ष राम कुमार डल्लाकोटी स्वतः अध्यक्ष हुदाँ बरिष्ठ उपाध्यक्षमा रोहित भण्डारी सर्वसम्मत चयन हुनुभएको थियो । यसपटक कार्यसमितिका सवै सदस्यहरु पनि सर्वसम्मत नै चयन भएका थिए ।

विधानमा अध्यक्षले कार्यसमिति वैठकमा पदाधिकारी मनोनित गर्ने ब्यवस्था अनुरुप आइतबार पदाधिकारी तोकिएको हो । जस अनुसार महासचिवमा तिलक सिंखडा चयन भएका छन्, उहाँ लगातार दोस्रो पटक महासचिव बन्नुभएको हो ।
उपाध्यक्षहरुमा उद्योग तर्फ गोविन्द भण्डारी, बाणिज्यतर्फ रमेश ढकाल, बस्तुगत तर्फ विष्णुमणी श्रेष्ठ र महिलातर्फ रेखा पण्डित अधिकारी चयन हुनुभएको छ  ।

त्यस्तै सचिवमा राजकुमार श्रेष्ठ (आरके), रमेश विश्वकर्मा र तुलसीजंग थापा चुनिदा कोषाध्यक्षमा तिलक ढुङगाना चयन हुनुभएको छ ।

३३ सदस्यीय कार्यसमितिमा ५ जना सदस्य मनोनित गर्न वाँकी रहेको छ । आगामी वैठकहरुबाट वाँकी ५ जना पनि मनोनित गरिने धादिङ उद्योग बाणिज्य संघका नवनिर्वाचित अध्यक्ष राम कुमार डल्लाकोटीले जानकारी दिनुभएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

100%

0%


अनि यो पनि

  • थप पढ्नुहोस् :