धादिङ । रोटरी क्लब अफ धादिङ र गजुरी गाँउपालिकाको संयुक्त लगानीमा निर्माण गरिएको ३ कोठे छात्रा शौचालय गजुरी पीडा माध्यामिक विद्यालयलाई आईतबार हस्तानतरण गरिएको छ ।
गजुरी गाँउपालिका वडा नं ५ मा रहेको विद्यालयमा उक्त विद्यालय व्यवस्थापन समितिका अध्यक्ष,अबिभावक र विद्यार्थीहरुको माझमा आईतबार एक कार्यक्रमका बिच शौचालय हस्तानतरण गरिएको हो ।
साथै रोटरी क्लब धादिङले त्यस विद्यालयमा अध्ययनरत २१ जना विद्यार्थीहरुलाई १ बर्षसम्म पुग्ने स्टेशनरी सामान र न्यानो कपडा पनि वितरण गरेको छ ।
कार्यक्रममा गजुरी गाँउपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ को प्रमुख आतिथ्यता र रोटरी ३२९२ का डिस्ट्रिक गभर्नर राजेन्द्र मान सेरचनको विषेश आतिथ्यतामा रहेको थियो ।
उक्त कार्यक्रममा रोटरी क्लब धादिङका अध्यक्ष सुदिप रसाईली पूर्व अध्यक्षहरु रोहित भण्डारी, भीमबहादुर श्रेष्ठ, कृष्ण लाल उप्रेति, डा. राम रिजाल, लगायत रोटरीयनहरुको सहभागीता रहेको थियो ।
साथै रोटरी क्लब धादिङले यसअघि पनि उक्त विद्यालयका विद्यार्थीहरुलाई विभिन्न स्टेशनरी सामाग्रीहरु प्रदान गरेको थियो ।