धादिङको थोपल खोलामा शव भेटियो

मंगलबार, फाल्गुण ६, २०८१

theme

धादिङको नीलकण्ठ नगरपालिका ८ ससाह नजिकै थोपल खोला किनारमा एक जना पुरुषको शव भेटिएको छ ।

ससाह देउराली चौतारोबाट तल्लोबसी जाने झोलुङ्गे पुलको मुनी थोपल खोला किनारामा मृत अवस्थामा पुरुषको शव भेटिएको हो । स्थानीयले खोला नजिकै शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

अहिले घटनास्थल पुगेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

88%

13%

0%

0%


अनि यो पनि

  • थप पढ्नुहोस् :