धादिङको नीलकण्ठ नगरपालिका-८ ससाह स्थित थोपल खोला किनारमा भेटिएको शवको पहिचान खुलेको छ।
मंगलबार विहान खोला किनारमा भेटिएको शव नीलकण्ठ नगरपालिका वडा नम्बर ९ स्याउलीका ३६ वर्षिय राजकुमार गुरुङको रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिनुभयो ।
शवको धादिङ अस्पतालमा पोष्टमार्टमपछि आफन्तले बुझेका छन् ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक हमालले बताउनुभयो ।