धादिङकी एरिकाले जितिन् रजत पदक

शुक्रबार, फाल्गुण ९, २०८१

theme

धादिङकी कराते खेलाडी एरिका गुरुङले यूएईमा भएको कराते युथ लिग के–वानमा रजत पदक जितेकी छन् । एसियाली खेलकुदकी रजत पदक विजेता एरिकाले महिला ६८ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् ।
आज शुक्रबार बिहान भएको खेलमा उनी फाइनलमा इरानी खेलाडी हनानेह साहेहिलासँग पराजित भइन् ।

त्यसअघि उनले भारतकी दानिष्ठा पाहुजा, काजकिस्तानकी भेनेरा र टर्कीकी गुस्ता सामेजलाई हराएर फाइनलमा स्थान बनाएकी थिइन् ।
फुजैराहस्थित जायद स्पोर्ट्स कम्प्लेक्समा फेब्रुअरी २३ सम्म चल्ने प्रतियोगितामा ८७ राष्ट्रका २ हजार ३ सय युवा खेलाडीको सहभागिता रहेको छ । १२ देखि २० वर्ष उमेर समूहका खेलाडीले ४६ विधामा प्रतिस्पर्धा गर्नेछन् ।
गत वर्ष भएको प्रतियोगितामा ७६ देशका १९ सय खेलाडीले भाग लिएकामा यसपालि देश र खेलाडी संख्या बढेको छ । गत वर्ष इजिप्टले १६ स्वर्ण जित्दै शीर्ष स्थान हासिल गर्दा इरानले ६ स्वर्ण जितेको थियो ।

नेपालको प्रशिक्षकमा अमिर राना र अफिसियलमा सविना श्रेष्ठ रहेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%


अनि यो पनि

  • थप पढ्नुहोस् :