सुमन स्मृति कपको सम्पुर्ण तयारी पुरा

आइतबार, फाल्गुण ११, २०८१

theme

धादिङ जिल्लाकै सर्वाधिक पुरस्कार राशी रहेको सुमन स्मृति कप 9A साइड खुल्ला क्लव स्तरीय फुटवल प्रतियोगीताको सम्पुर्ण तयारी पुरा भएको छ ।

आइतबार साँझ प्रतियोगीतास्थल धादिङवेशी खुल्ला मञ्चमा पत्रकार सम्मेलन गर्दै टाइ-सिट ड्र गरी प्रतियोगीताको तयारी सकिएको जानकारी दिइएको हो ।

प्रतियोगीतामा २२ टिम सहभागी हुने र नकआउट प्रतिस्पर्धाको आधारमा खेल सञ्चालन गरिने धादिङ फुटवल क्लवका सचिव सरोज पाण्डेले बताउनुभयो ।

प्रतियोगीताको बिजेता टिमले १ लाख ७५ हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले ७५ हजार रुपैया पाउनेछन् ।

सेमिफाइनल पुग्ने दुइ टिमलाई सान्त्वना पुरस्कार स्वरुप २५/२५ हजार प्रदान गरिने धादिङ फुटवल क्लवका अध्यक्ष गोपीकृष्ण भण्डारीले जानकारी दिनुभयो ।

भण्डारीका अनुसार प्रतियोगीतामा राष्टिय तथा अन्तराष्टिय स्तरका जुनसुकै खेलाडीले सहभागीता जनाउन पाउने छन् ।

धादिङवेशीका उदाउँदो फुटवल खेलाडी सुमन श्रेष्ठको सम्झना र सम्मानमा धादिङ फुटवल क्लवले प्रतियोगीताको आयोजना गरेको हो । सुमनको २०७९ सालमा अल्पायुमै अप्रत्याशित निधन भएको थियो ।

फुटवल उद्घाटन अघि विहान खुल्ला दौड प्रतियोगीता समेत हुने भएको छ । फुटवल प्रतियोगीता स्थल खुल्लामञ्चबाट नीलकण्ठ ८ ससाह सम्म पुगेर फेरी प्रतियोगीतास्थल नै फर्किने गरी दौडको रुट तय गरिएको छ । 
दौडमा सहभागी हुनको लागि आइवार साँझसम्म २४ जनाले नाम दर्ता गराएको केही प्रतियोगीहरु भोली विहान आइपुग्ने आयोजक धादिङ फुटवल क्लवले जनाएको छ । दौडमा प्रथम द्धितीय र तृतीय हुने क्रमशः २५ हजार, १५ हजार र १० हजार पाउने छन् ।

दौडको प्रथम पुरस्कारको लागि अमेरिका निवासी नीलकण्ठ १० का स्थानीय उत्तम धमलाले पुरस्कार प्रायोजना गरेका छन् भने फुटवल प्रतियोगीता सञ्चालनका लागि १ सय जना भन्दा बढी ब्यक्तिले नगद सहयोग गरेको र सहयोग आउने क्रम जारी रहेको अध्यक्ष भण्डारीले बताउनुभयो ।

नीलकण्ठ ३ का ब्यवसायी शिवराम भण्डारीले हालसम्म सवैभन्दा बढी एक लाख एघार हजार एक सय एघार रुपैया सहयोग गर्नुभएको छ ।

धादिङ फुटवल क्लवका अध्यक्ष भण्डारीका अनुसार ५ दिनसम्म सञ्चालन हुने प्रतियोगीताको खर्च पनि धेरै नै रहेकाले स्वैच्छिक सहयोग अभियान पनि चलिरहेको छ । प्रतियोगीता सम्पन्न गर्नको लागि सहयोग गर्ने सवै क्षेत्रका महानुभावहरुमा आभार पनि ब्यक्त गर्नुभयो ।
 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100%

0%

0%

0%

0%


अनि यो पनि

  • थप पढ्नुहोस् :