धादिङ अस्पतालको अर्धवार्षिक समिक्षा,प्रभावकारी सेवामा जोड

सोमबार, फाल्गुण १२, २०८१

theme

धादिङ अस्पतालले प्रवाह गर्दै आएको सेवा प्रवाहको विषयमा अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । अस्पतालले प्रवाह गरेको स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने विषयमा अर्धवार्षिक समिक्षा कार्यक्रमको आयोजना गरि छलफल गरिएको हो ।
जिल्लाको सदरमुकाम धादिङबेशीमा रहेको अस्पतालले इमर्जेन्सी सेवा, ओपिडी, आइपिडी, आइसियु सेवा, विशेषज्ञसहितको सेवा प्रवाह गर्दै आएको छ । एक सय शैया क्षमता रहेको धादिङ अस्पतालले विगत ६ महिनामा ५० हजार ९ सय ६९ जना सेवाग्राहीलाई सेवा प्रवाह गरेको छ । ४२ हजार ५ सय ७५ जनाले ओपिडी सेवा, ८ हजार ६ सय ६५ जनाले इमर्जेन्सी सेवा, १ हजार १ सय ८२ जनाले आइपिडि सेवा र १ सय ७ जनाले आइसियू सेवा लिएको धादिङ अस्पतालका विक्रम विकले जानकारी दिनुभयो ।
१ हजार ८ सय ८१ जनाले फिजियो थेरापी, एक सय ८४ जनाले डेन्टल, १ हजार ४७ जनाले डायलाइसिस सेवा लिएका छन् । १७ हजार ८ सय १५ जनाले ल्याब्ह्रोटरी सेवा, ८ हजार ७ सय १८ जनाले एक्सरे, ३ हजार २ सय ३ जनाले यूएसजी र २ हजार ३ सय ४१ जनाले इसिजी सेवा लिएको विकले बताउनुभयो ।

समिक्षा कार्यक्रममा अस्पतालले प्रवाह गर्दै आएका सेवा तथा आगामी दिनमा सेवालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल गरिएको हो । सहभागीहरुले सेवालाई चुस्त बनाउने र सेवाग्राही सन्तुष्ट हुने गरि सेवा प्रवाह गर्नु पर्ने बताएका छन् ।

अस्पतालले प्रभावकारी सेवा प्रवाह गर्दै आएको र थप परिस्कृत सेवा प्रवाह गर्ने धादिङ अस्पतालका निमित्त अस्पताल निर्देशक गगन अधिकारीले बताउनुभयो । 

 

 

त्यस्तै, अस्पतालको हरेक शाखाले योजना बनाएर कार्य सम्पादन गर्नुपर्ने अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राधिका सापकोटाले बताउनुभयो । आर्थिक अभाव वा कुनै पनि वहानामा स्वास्थ्य सेवा लिनबाट कोही बञ्चित हुनु हुदैन र त्यसका लागि स्थानीय सरकार लगायत अन्य संघ संस्थाहरुसँग समन्वय गरेर अघि बढ्ने पनि उहाँले बताउनुभयो ।

धादिङ अस्पतालले प्रवाह गरेको दैनिक सेवाहरुको नियमित तथा व्यवस्थित तथ्याङ्कहरुको डिजिटल रेकर्डिक तथा रिपोर्टिङ गर्ने शाखाहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा प्रयोगशाला शाखा, इमर्जेन्सी शाखा र अन्तरंग शाखा(भर्ना शाखा) रहेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%


अनि यो पनि

  • थप पढ्नुहोस् :