धादिङबेसीमा जारी प्रथम सुमन स्मृति कपको उपाधि मित्र युवा क्लव (एम.वाई.सी) ले जितेको छ ।
धादिङ फुटबल क्लव (डि.एफ.सी.) लाई २–० गोलले पराजित गर्दै एम.वाई.सी.ले उपाधि जितेको हो ।
l
शनिबार भएको फाइनल खेलमा खेल सुरु भएको केही मिनेटमै गोल गर्न सफल एम.वाई.सी.ले दोश्रो हाफमा पनि फेरी गोल थप्दै उपाधि सुरक्षित गरेको थियो ।
उपाधि विजेता एम.वाई.सी. क्लवका खेलाडीलाई एक लाख ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तै उपविजेता डि.एफ.सी.लाई ७५ हजार र तृतिय हुने शिवदल गण र सेभेन हर्सका खेलाडीलाई २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
विजेतालाई प्रदान गरिएको पुरस्कार राशी धादिङ जिल्लामा आयोजित खेलकुद प्रतियोगिता मध्ये सबैभन्दा ठूलो धनराशीको रहेको आयोजक क्लव डि.एफ.सी.का अध्यक्ष गोपीकृष्ण भण्डारीले बताउनुभएको छ ।
धादिङका फुटबल खेलाडी सुमन श्रेष्ठको २०७९ सालमा अल्पायुमै अप्रत्याशित निधन भएको थियो । सुमनको सम्झना र सम्मानमा धादिङ फुटवल क्लवले प्रतियोगीताको आयोजना गरिएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।