मोबाईल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघ धादिङको अध्यक्षमा प्रकाश भट्ट चयन

आइतबार, फाल्गुण १८, २०८१

theme

धादिङ । मोबाईल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघ धादिङको अध्यक्षमा प्रकाश भट्ट चयन हुनुभएको छ । सातौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले भट्टलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

त्यस्तै, उपाध्यक्षमा नवराज श्रेष्ठ , सचिव जलिन मिया, सह–सचिव दिपा श्रेष्ठ(दिपशिखा) र कोषाध्यक्ष शरण कुमार श्रेष्ठ चयन हुनुभएको छ  ।
सदस्यहरुमा चन्द्रमान शाक्य, सरस्वती श्रेष्ठ, सीता श्रेष्ठ, बिनोद श्रेष्ठ र जावेद आलम चयन हुनुभएका छन् ।

तेस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुदै मोवाईल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघ बागमती प्रदेशका अध्यक्ष एसिस रिजालले मोवाईलले विश्वलाई नै साँघुरो बनाएको बताउनु भएको छ । मोबाईल मानव जीवनको अभिन्न अंगको रुपमा स्थापित भइसकेकोले गुणस्तरिय सेवा र स्वस्थ प्रतिस्पर्धा दिनुपर्ने उहाँले बताउनुभयो ।

त्यस्तै, धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटीले मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायले धादिङको व्यवसायिक क्षेत्रमा महत्वपूर्ण स्थान ओगटेको बताउनु भयो । उद्योग वाणिज्य संघले व्यवसायीहरुको हकहितमा काम गरिरहेकाले मोवाईल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघलाई पनि आवश्यक सहयोग गर्ने उहाँले बताउनुभयो  ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

100%

0%


अनि यो पनि

  • थप पढ्नुहोस् :