धादिङबेशीमा महिला उद्यमशीलता उत्सव हुने

मंगलबार, फाल्गुण २०, २०८१

theme

धादिङ । ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सदरमुकाम धादिङबेशीमा महिला उद्यमशीलता उत्सव हुने भएको छ ।
नगरपालिका भित्रका महिला उद्यमीहरुलाई थप प्रोत्साहन दिने र व्यवसायमा अब्बल बनाउने उद्देश्यले फागुन २४ गते अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला उद्यमशीलता उत्सव गर्न लागिएको हो ।
नीलकण्ठ नगरपालिकाको आयोजना र विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुको सहकार्यमा उत्सवको आयोजना गर्न लागिएको हो ।

नीलकण्ठ नगरपालिका भित्र रहेका महिलाहरुले उत्पादन गरेका वस्तुहरुको स्टल राखि विक्रि वितरण तथा प्रर्दशनी, विभिन्न सचेतना मुलक गीत, तथा नृत्य प्रस्तुत गरिने नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्माले बताउनुभयो । सबै महिला तथा बालिकाको लागि अधिकार, समानता र सशक्तीकरण भन्ने मुल नाराका साथ दिवस मनाउन लागिएको हो ।

यो उत्सवले प्रदर्शन मात्र नभएर बजारीकरणमा पनि ठूलो सहयोग पुग्ने नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवदीले बताउनुभयो । उत्पादनसँगै बजारीकरण महत्वपूर्ण रहेको भन्दै नगरपालिकाले उद्यमीलाई सहयोग गर्दै आएको बताउनुभयो ।

बैठकले गैंसस महासंघ धादिङका अध्यक्ष शालिकराम दुवाडीको संयोजकत्वमा पाँच सदस्यीय सचिवालय समेत गठन गरेको छ । उत्सवमा महिलाले उत्पादन गरेको सामाग्री, सीप र महिलाका सास्कृतिक प्रस्तुती समेत रहने जनाइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%


अनि यो पनि

  • थप पढ्नुहोस् :