एड्भान्स एकेडेमीका २ जना केन्द्रिय कबिता लेखन प्रतियोगितामा छनोट

बुधबार, फाल्गुण २१, २०८१

theme

धादिङ । वागमती प्रदेश स्तरिय कबिता लेखन छनोट प्रतियोगितामा जुनियर सर्कल तर्फ एड्भान्स एकेडेमीकी शान्ती तामाङ प्रथम र यूवा सर्कल तर्फ एड्भान्स एकेडेमीकै एलिना बाँनिया तृतीया हुन सफल भएका छन् ।
नेपाल रेडक्रस सोसाईटीद्वारा आयोजित कबिता लेखन छनोट प्रतियोगितामा जिल्ला शाखा धादिङबाट छनोट भएर वागमती प्रदेशमा उनिहरु सहभागी भएका हुन् ।

जुनियर सर्कल तर्फ एड्भान्स एकेडेमी धादिङकी शान्ती तामाङ प्रथम, सिद्दिमंगल माबि ललितपुरका कृष्ण मोक्ता द्वितीय र पद्मकन्या विध्याश्रम माबि काठमाडौंकी राज्यलक्ष्मी गुप्ता तृतीय भएका छन् ।
त्यस्तै युवा सर्कल तर्फ बागेश्वरी माबि नुवाकोटकी सुनिता तामाङ प्रथम, ग्रामर स्कुल काठमाडौंकि बिजेता कार्की द्वितीय र एड्भान्स एकेडेमी धादिङकी एलिना बानिया तृतीय भएका छन् ।

वागमती प्रदेशमा छनोट भएका सहभागीहरु केन्द्रिय प्रतियोगितामा सहभागी हुन पाउनेछन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

100%


अनि यो पनि

  • थप पढ्नुहोस् :