धादिङमा पानीको ड्रममा डुबेर बालिकाको मृत्यु

आइतबार, चैत्र १०, २०८१

theme

धादिङको नीलकण्ठ नगरपालिका-४ पौवामा पानीको ड्रममा डुबेर डेढ वर्षीया बालिकाको मृत्यु भएको छ।

घरको आँगनमा रहेको पानीको ड्रममा खेल्ने क्रममा डुबेर पौवाका सन्जिव परियारको डेढ वर्षिया छोरीको मृत्यु भएको नीलकण्ठ-४ का वडा अध्यक्ष हरी श्रेष्ठले जानकारी दिनुभयो।

अध्यक्ष श्रेष्ठका अनुसार मृतक बालिकाको आमा घर भित्र काम गरिरहेको समयमा पानीको ड्रममा डुबेर बालिकाको ज्यान गएको हो।

मृतक बालिकाको बुबा कामको शिलशिलामा घर बाहिर रहेको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
14%

86%

0%

0%

0%


अनि यो पनि

  • थप पढ्नुहोस् :