एड्भान्सकी शान्ती राष्ट्रिय कविता लेखनमा सान्त्वना

बुधबार, चैत्र १३, २०८१

theme

नेपाल रेडक्रस सोसाईटीले आयोजना गरको जुनियर तथा युवा रेड्क्रस राष्ट्रिय कविता प्रतियोगितामा धादिङबाट एड्भान्स एकेडेमीमा अध्ययनरत छात्रा शान्ति तामाङ सान्त्वना भएकी छिन् । उनी बागमती प्रदेश स्तरीय कविता प्रतियोगितामा प्रथम भएर राष्ट्रिय प्रतियोगितामा सहभागी भएकी थिईन् ।
रेडक्रस अभियनः रक्तदान जिवन दान भन्ने शिर्षकमा आयोजना गरिएको उक्त राष्ट्रिय कविता प्रतियोगितामा जुनियर सर्कल तर्फ प्यूठानकी  अनुस्का पौडेल  प्रथम, ललितपुरकी कृष्ण मोक्तान  द्वितिय, इलामका भास्कर लुईटेल  तृतीय र धादिङकी शान्ति तामाङ सान्त्वना भएकी हुन् ।
यस अघि भएको बागमती प्रदेश स्तरीय कविता प्रतियोगितामा जुनियर सर्कल तर्फ शान्ति तामाङ प्रथम भएकी थिईन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%


अनि यो पनि

  • थप पढ्नुहोस् :