कोटेश्वरको भाटभटेनीमा तोडफोड

शुक्रबार, चैत्र १५, २०८१

theme

कोटेश्वरको भाटभटेनी सुपरस्टोरमा पार्किङमा राखिएका गाडीहरुमा पनि तोडफोड भएको छ । पार्किङ क्षेत्रमा रहेका निजी र सरकारी गाडीहरुको सिसा फुटाइएको छ ।

तीनकुनेमा राजावादी समूहको प्रदर्शन बिथोलिएपछि तितरवितर भएको समूह कोटेश्वरको भाटभटेनी सुपरस्टोरसम्म पुगेको थियो । सो समूहले सुरक्षागार्डलाई हातपात गर्दै लुटपाट र तोडफोड गरेको थियो ।
बिक्रीका लागि राखिएका तरकारी, सपिङ ट्रली लगायतका सामान बाहिर निकालेर आगो लगाएका थिए ।
उनीहरुले ढुंगा प्रहार गरी भाटभटेनी सुपरस्टोरको भवनको सिसा समेत फुटाएका छन् ।
सुरक्षा माग गर्दै प्रहरीलाई बोलाउँदा पनि नआएको गुनासो भाटभटेनी सञ्चालकको गुनासो छ । ‘३ः५८ बजे आईजीपीलाई फोन गरियो । तर अहिलेसम्म कोही आइपुगेन,’ भाटभटेनी स्रोतले भन्यो यसअघि सो समूहले तीनकुने नजिकै पर्ने आलोकनगरस्थित एकीकृत समाजवादीको कार्यालय र तिनकुनेको एक निजी घरमा पनि आगजनी गरेको थियो ।
आक्रोशित समूहका व्यक्तिहरु कोटेश्वरका गल्ली–गल्ली हिँड्दै माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडातर्फ पनि अगाडि बढेका छन् । उनीहरुले कारमा आगजनी र एउटा मोटरसाइकलमा तोडफोड समेत गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%


अनि यो पनि

  • थप पढ्नुहोस् :