नीलकण्ठ क्याम्पसको स्ववियु निर्वाचन भोली हुने

सोमबार, चैत्र १८, २०८१

theme

नीलकण्ठ बहुमुखी क्याम्पस, धादिङको रोकिएको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन मंगलबार हुने भएको छ । नीलकण्ठ बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी यूनियन निर्वाचन समितिले आइतबार उम्मेदवारको अन्तीम नामावली प्रकाशन गरे सँगै मंगलबार निर्वाचन हुने निश्चत भएको हो । यसअघि तोकिएको निर्वाचन नेपाल विद्यार्थी संघ भित्रको विवादका कारण स्थगित भएको थियो । नेविसंघ केन्द्रीय समितिले भवानी भट्टराई(भावना)नेतृत्वको समितिलाई आधिकारीता दिएपछि नेपाली कांग्रेस धादिङका सभापति एंव कृषिमन्त्री रामनाथ अधिकारीको निर्देशनमा निर्वाचन समितिले स्ववियू निर्वाचन नै स्थगित गरेको थियो ।

 

 

कृषिमन्त्री अधिकारी राजन अधिकारीलाई उम्मेदवार बनाउन चाहान्थे ।नेविसंघ केन्द्रले आधिकारीक रुपमा उम्मेदवार बनाएका भट्टराई नीलकण्ठ नगरपालिका धादिङका नगर प्रमुख एंव नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगाना निकट मानिन्छिन् । उनलाई नेपाली काँगेसका निर्वतमान सभापति रमेश धमलाले पनि साथ दिनुभएको छ। नगर प्रमुख भीम प्रसाद ढुंगाना र नेपाली काँग्रेसका निर्वतमान सभापति रमेश धमलाको आधिकारीक उम्मेद्वार भवानी भट्टराई(भावना)लाई साथ रहेको छ । शनिबार बसेको क्याम्पस संचालक समितिको बैठकले मंगलबारलाई निर्वाचन मिति तय गरेपछि निर्वाचन समितिले नेविसंघ केन्द्रीय समितिलाई आधिकारीताका विषयमा सोधेको थियो । आइतबार नेविसंघ केन्द्रले समेत भावना भट्टराई नै आधिकारीक उम्मेदवार रहेको पत्र निर्वाचन समितिलाई पठाएपछि कृषिमन्त्री अधिकारीको निर्देशनमा राजन अधिकारीलाई बिद्रोही उम्मेदवार बनाइएको छ ।

 

 

 

अधिकारीले आइतबार बिहान मात्रै राजनअधिकारीलाई आधिकारीक उम्मेदवार बनाउन नेवि संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पासंग आग्रह गरेका थिए । तर अध्यक्ष शेर्पाले अस्विकार गरेपछि मन्त्री अधिकारीले बिद्रोही उम्मेदवार खडा गरेका हुन् । नेपाल विद्यार्थी संघको बर्चश्व रहेको नीलकण्ठ क्यम्पसमा माओवादी निकट अखिल क्रान्तिकारी र एमाले निकट अनेरास्ववियू गठबन्धन बनाएर चुनावी प्रतिष्पर्धामा छन् । तर कृषिमन्त्री अधिकारी निकट रहेका राजनअधिकारीको बिद्रोही प्यानलमाउ म्मेदवार अभावमा सबै सिटमा उम्मेदवारी समेत पर्न सकेको छैन । विपक्षीसँग निर्वाचन लड्नुपर्ने समयमा समेत पार्टी सभापति आफैंले बिद्रोही उम्मेदवार खडा गरेको भन्दै अहिले धादिङमा मन्त्री अधिकारीको चर्को आलोचना भईरहेको छ । प्रत्यक्षतर्फ हुने आठ पदकालागि २१ जनाको उम्मेदवारी परेको छ । निर्वाचन मंगलबार हुने छ ।
 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%


अनि यो पनि

  • थप पढ्नुहोस् :