सदरमुकाम धादिङबेशीमा रहेको नीलकण्ठ बहुमुखी क्याम्पसमा भोलि मंगलबार हुने भनिएको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन स्थगित भएको छ । क्याम्पसले निर्वाचन प्रक्रिया अगाडि बढाईरहदा अखिल क्रान्तिकारी र अनेरास्ववियूले निर्वाचन प्रक्रियाप्रति असहमती जनाउँदै तालाबन्दी लगायतका क्रियाकलाप गरी निर्वाचन प्रक्रियामा असहज अवस्था सिर्जना भएको भन्दै सञ्चालक समितिको आकस्मिक बैठकले अर्को निर्वाचन मिति तय गर्नेगरि हाललाई निर्वाचन स्थगित गरेको जनाएको छ।
नीलकण्ठ क्याम्पस स्वतन्त्र विद्यार्थी यूनियन निर्वाचन समितिले आइतबार उम्मेदवारको अन्तीम नामावली प्रकाशन गरे सँगै मंगलबार निर्वाचन हुने भनिएको थियो ।
यसअघि तोकिएको निर्वाचन पनि नेपाल विद्यार्थी संघ भित्रको विवादका कारण स्थगित भएको थियो ।