धादिङबेसी सदरमुकाममा रहेको एड्भान्स एकेडेमीको पूर्व प्राथमिक तहको १८ औ दीक्षान्त समारोह सम्पन्न भएको छ । कक्षा यूकेजी तह उतीर्ण गर्न सफल हुने ६८ जना विद्यार्थीहरूको दीक्षान्त समारोह आज मंगलबार सम्पन्न भएको हो ।
जील्लामै सबैभन्दा पहिलो पटक सुरुवात भएको दीक्षान्त समारोह प्रत्येक वर्ष पूर्व प्राथमिक तह पार गरेका विद्यार्थीहरूलाई लक्षित गरी यो वर्ष ६८ जना विद्यार्थीहरू दीक्षित गराउदै दीक्षान्त प्रमाणपत्र वितरण र अभिभावकलाई समेत सम्मान गरिएको थियो ।
साथै प्ले ग्रुप देखी युकेजी सम्मको बालबालिकाहरुको बार्षिक परिक्षाको परिक्षाफल प्रकाशन पनि गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरूले विभिन्न प्रतिभाहरु प्रस्तुत गरेका थिए भने अभिभावकहरुको पनि सहभागीता रहेको थियो ।
यसै अवसरमा युकेजीमा अध्ययनरत विद्यार्थीहरूको ५ जना अविभावकहरु सम्मान गरिएको थियो भने लामो समयदेखी अध्ययापन गर्दै आउनुभएका १५ जना शिक्षकहरुलाई सम्मान गरिएको थियो ।
विद्यालय संचालक समितिका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ ‘गोर्खाली’को प्रमुख आतिथ्यता रहेको थियो भने विद्यालयका प्रधानाध्यापक भिमबहादुर श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
त्यस्तै कार्यक्रममा शिवदल गणका जम फणिन्द्र बस्नेत, प्याब्सनका केन्द्रिय सदस्य रमेश कुमार श्रेष्ठ, प्याब्सन धादिङका अध्यक्ष,रोटरी क्लब धादिङका अध्यक्ष लगाएतको उपस्थिति रहेको थियो ।
विद्यालयले प्रत्येक वर्ष पूर्व प्राथमिक तह पार गरेका विद्यार्थीहरूलाई लक्षित गरी भव्य रूपमा दीक्षान्त समारोह आयोजना गर्ने गरिएको विद्यालयका प्रधानाध्यापक भिमबहादुर श्रेष्ठले बताउनु भयो ।