चिल्ड्रेनपार्क आवासीय माध्यामिक विद्यालयको प्रि-प्राइमरी तहको नतिजा प्रकाशन तथा दीक्षान्त समारोह सम्पन्न भएको छ ।
धादिङको नीलकण्ठ नगरपालिका वडा नं ४ मा रहेको चिल्ड्रेनपार्क आवासीय माध्यामिक विद्यालयले आज प्रि प्राइमरी तहको नतिजा प्रकाशन गर्नुका साथै प्रि प्राइमरी तह पूरा गरी आधारभूत तहमा प्रवेश गर्ने यु. के. जी. का १०६ जना बाबुनानीहरूलाई दीक्षीत गराइएको प्रिन्सिपल षष्टिकुमार श्रेष्ठले जानकारी गराउनु भयो ।
कार्यक्रममा पूर्व प्राथमिक तह पार गरेका विद्यार्थीहरूलाई लक्षित गरी यो वर्ष १०६ जना विद्यार्थीहरू दीक्षित गराउदै दीक्षान्त प्रमाणपत्र वितरण र अभिभावकलाई समेत सम्मान गरिएको थियो ।
साथै प्ले ग्रुपदेखि युकेजी सम्मको बालबालिकाहरुको वार्षिक परीक्षाको परीक्षाफल प्रकाशन पनि गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरूले विभिन्न प्रतिभाहरु प्रस्तुत गरेका थिए भने अभिभावकहरुको पनि सहभागिता रहेको थियो । साथै शिक्षिकाहरूले समेत उत्कृ्ट नृत्य प्रस्तुत गर्नु भएको थियो ।
प्याब्सन बागमती प्रदेशका उपाध्यक्ष श्री बिनोदमान श्रेष्ठज्यूको प्रमुख आतिथ्यता र विद्यालयका प्रधानाध्यापक षष्टिकुमार श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।