उपप्रमुख महिला भलिबलको उपाधी नीलकण्ठले जित्यो

मंगलबार, चैत्र २६, २०८१

theme

गोरखामा भएको उपप्रमुख महिला भलिबल प्रतियोगिताको उपाधी नीलकण्ठ नगरपालिकाले जितेको छ ।

गोरखा नगरपालिकाको आयोजनामा छेवेटारमा सम्पन्न उपप्रमुख महिला भलिबल प्रतियोगिताको उपाधि नीलकण्ठ नगरपालिकाले जितेसँगै नीलकण्ठ महिला टिम प्रतियोगिताको च्याम्पियन बनेको छ ।

 

 

फाइनल खेलमा नीलकण्ठ नगरपालिकाको महिला टिमले गोरखाको बारपाक सुलिकोट गाउँपालिकालाई २५–१०, २५–११ र २५–१० को सोझो सेटमा पराजित गर्दै शानदार जित हासिल गरेको हो ।

गोरखा नगरपालिका उप–प्रमुखको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यता तथा नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रवक्ता तथा वडा नं ८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठ लगायत गोरखा जिल्लाका विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%


अनि यो पनि

  • थप पढ्नुहोस् :