खुल्ला व्याडमिन्टन प्रतियोगितामा धादिङका राम मल्ल ठकुरी र लक्ष्मण मल्ल ठकुरी प्रथम भएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेश कमिटीले आयोजना गरेको खुल्ला व्याडमिन्टन प्रतियोगितामा ठकुरी दाजुभाइले ललितपुरलाई हराउदै प्रथम स्थान हासिल गरेका हुन् । राष्ट्रिय युवा संघ नेपाल धादिङको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी भएका ठकुरी दाजुभाइले नगद २५ हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
त्यस्तै, प्रतियोगितामा कमल लामा, गोविन्द थापा दोस्रो, रोसोर्ड सुवाल, संयोग बस्नेत र विश्वराज आले, राकेश डंगोल तृतीय भएका छ्न् । खेलाडी उत्पादन तथा प्रोत्साहनका लागि आयोजना गरिएको हो । धादिङका राम लक्ष्मणको जितले धादिङको नाम उचो बनाएको राष्ट्रिय युवा संघ नेपाल धादिङका संयोजक किरण पाठकले बताउनुभयो ।