प्याब्सन धादिङको कथा वाचनमा एडभान्स प्रथम

शनिबार, श्रावण ३१, २०८२

theme

प्याब्सन धादिङको आयोजनामा  जिल्लास्तरीय कथा वाचन प्रतियोगितामा एडभान्स एकेडेमी प्रथम स्थान हासिल गर्दै समग्रतामा च्याम्पियन बनेको छ।

रोजमेरी चाइल्डकेयर इङ्ग्लिस बोर्डिङ स्कुलमा सम्पन्न भएको कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरू बीचको प्रतियोगितामा रोजमेरी चाइल्डकेयर बोर्डिङ द्वितीय, आदर्श पाठशाला तृतीय र चिल्ड्रेन पार्क मावि सान्त्वना भएको छ ।

 

 

प्रतियोगिता दुई विधामा सम्पन्न भएको थियो।
बालक विधामा एडभान्स एकेडेमी प्रथम, चिल्ड्रेन पार्क मा. वि द्वितीय, आदर्शिला पाठशाला तृतीय र रोजमेरी चाइल्डकेयर स्कुल सान्त्वना स्थानमा भएका छन् ।
बालिका विधामा रोजमेरी चाइल्डकेयर स्कुल प्रथम, एडभान्स एकेडेमी द्वितीय, सालन्तर बालबालिका विद्यालय तृतीय र आदर्शिला पाठशाला सान्त्वना स्थानमा भएका छन् ।

 

 

बालक र बालिका दुवै विधाको संयुक्त नतिजामा एडभान्स एकेडेमीले च्याम्पियनको उपाधि हात पारेको हो।

प्याब्सनका केन्द्रिय सदस्य रमेशकुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो भने अध्यक्षता पाब्सन धादिङका अध्यक्ष दिनेश भट्टलको  गरेका थिए। पाब्सन धादिङ सदस्य विद्यालयहरूको सहभागिता रहेको सो कार्यक्रममा सञ्चालकको जिम्मेवारी पाब्सन धादिङका ईसीए इञ्चार्ज सञ्जीव घजुरेलले वहन गरेका थिए।

 

 

अध्यक्ष दिनेश भट्टका अनुसार, पाब्सन धादिङले विद्यार्थीहरूको गुणस्तर अभिवृद्धिका लागि यस्ता विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ। प्रमुख अतिथि श्रेष्ठले पनि यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूलाई पढाइमा मात्र नभई आत्मविश्वासी बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने बताए।

विजेताहरुलाई अध्यक्ष, प्रमुख अतिथि लगायतले मेडल, प्रमाणपत्र तथा ट्रफी प्रदान गरेका थिए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%


अनि यो पनि

  • थप पढ्नुहोस् :