आमाको माँया छात्राबासमा विविध सामाग्री सहयोग

आइतबार, भाद्र १, २०८२

theme

धादिङको निलकण्ठ नगरपालिका ४ मा रहेको आमाको माँया छात्राबासमा जन्मदिनको अबसरमा केहि थान शैक्षिक सामाग्री साथै खाध् सामग्री सहयोग गरिएको छ । 

 

 

सामाजिक ,राजनीतिक तथा प्रशासनिक क्षेत्रमा अब्ब्ल शोभा छ्त्कुली तथा कमल दनैका छोरा सार्थक दनै र स्वास्थ्यक्षेत्रमा कार्यरत हेम राज पान्डे तथा संगीता छत्कुली को छोरा हिमान्शु पान्डेको जन्मदिनको अबसर पारेर विविध सामाग्री सहयोग गरिएको हो ।

 

 

छात्राबासमा आफ्नो बाबूहरुको जन्मोत्सव मनाउदै यो आधुनिक जमानामा आफ्नो सानो बच्चाहरुलाई सामाजिक र सहयोगि भावनाको बिकास गर्न सकेमा समाज सकारात्मक तर्फ उन्मुख हुने हेम राज पान्डेले बताउनुभयो । उहाँले यस संस्थामा पुगेर हातमा हात मिलाउन सबैलाई आग्रह समेत गर्नुभयो । साथै यो सुनौलो अबसरको लागि उहाँले छात्राबासका संचालक नवीन बन्दु पहाडीलाई धन्यबाद समेत ब्यक्त गर्नुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

50%

50%

0%


अनि यो पनि

  • थप पढ्नुहोस् :