धादिङको नीलकण्ठ नगरपालिका फेरि एकपटक देशकै उत्कृष्ट नगरपालिका बनेको छ । स्थानिय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा ७५३ वटै स्थानिय तह मध्ये सर्वोत्कृष्ट ९३.५० अंक सहित नीलकण्ठ नगरपालिका प्रथम भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयमा शुक्रबार आयोजित एक कार्यक्रममा नीलकण्ठ नगरपालिका सर्वोत्कृष्ट भएको भन्दै नगर प्रमुख भिमप्रसाद ढुंगाना, उपप्रमुख दिपक विश्वकर्मा सहितका जनप्रतिनिधिलाई मन्त्रालयले सम्मान गरेको छ ।
गाउँपालिका, नगरपालिकाको कार्यप्रकृया र उपलब्धीको लेखाजोखा गरी शासकीय प्रकृया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरु पहिचान गर्ने आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबीच स्वस्थ प्रतिष्पर्धाको भावना जागृत गराउने उद्देश्यले कार्यान्वयनमा रहेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंनको आर्थिक वर्ष २०८०/०८१ को नतिजाको गुणस्त्तरमा नीलकण्ठले पहिलो स्थान हाँसिल गरेको हो । यसैगरि धादिङकै बेनघिाट रोराङ गाउँपालिका संस्थागत क्षमता स्वमूल्याङ्कनमा पहिलो भएको छ । ९१.७५ अंक ल्याएर बेनिघाट रोराङ देशैभरका स्थानीय तहहरु मध्ये पहिलो र ९२.७५ अंक ल्याएर चितवनको खैरहनी नगरपालिका दोश्रो स्थानमा छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समग्र स्थिति, प्रक्रियागत स्थिति र परिणामको मुख्य तीनवटा आयामलाई आधार मानेर मूल्याङ्कन गरेको थियो । स्थानिय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा उत्कृष्ठता हाँसिल गरेका पालिकाहरुलाई शुक्रबार सङीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलको सभाहलमा मन्त्री भगवती न्यौपानेले सम्मान गर्नुभएको थियो ।