धादिङमा जिल्ला स्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगिता सम्पन्न

आइतबार, भाद्र १५, २०८२

theme

धादिङ । धादिङबेशीमा सम्पन्न १२ औं जिल्ला स्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगितामा टिम ‘ए’तर्फ सुदिप सिंह ठकुरी र इश्वर थापा मगर प्रथम भएका छन् । 

 

 

प्रतियोगितामा टिम ‘बी’तर्फ सुमन महत र गणेश थारुले उपाधि हात पारेका छन् ।

धादिङ जिल्ला व्याडमिन्टन संघको आयोजनामा भएको दुई दिने प्रतियोगितामा टिम ‘ए’तर्फ लक्ष्मण मल्ल र कृष्ण कुमार श्रेष्ठ दोस्रो, राजकुमार श्रेष्ठ र अन्जान श्रेष्ठ तथा गकुल मगर र आकाश गुरुङ तेस्रो भएका छन् ।

त्यस्तै टिम ‘बी’तर्फ भिम श्रेष्ठ र आयुस मगर दोस्रो, भिमसेन थापा र रोमन थापा तथा साइमन दुवाडी र प्रदिप सुवेदी तेस्रो स्थानमा पुगे।

प्रतियोगितामा दुई विधामा गरी जम्मा ४८ टिमले सहभागिता जनाएको संघले जानकारी दिएको छ।
समापन कार्यक्रममा धादिङ जिल्ला व्याडमिन्टन संघका अध्यक्ष विष्णुलाल श्रेष्ठ र नीलकण्ठ नगरपालिका वडा नं. ३ का वडाअध्यक्ष राजकुमार श्रेष्ठले विजयी खेलाडीलाई नगद पुरस्कार, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

टिम 'A' को पुरस्कार राशी
प्रथम पुरस्कार- नगद रु १८००० 
दितिय पुरस्कार-नगद रु १२००० 
तृतीय पुरस्कार-नगद रु ५०००/५००० 

टिम 'B'को पुरस्कार राशी
प्रथम पुरस्कार नगद रु-१२००० 
द्वितिय पुरस्कार नगद रु- ८००० 
तृतीय पुरस्कार नगद रु-  ४०००,


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100%

0%

0%

0%

0%


अनि यो पनि

  • थप पढ्नुहोस् :