मलेसियाको क्वालालम्पुरमा भएको कराते वान सिरिज ए मा धादिङको नीलकण्ठ नगरपालिका–१३ की एरिका गुरुङ ऐतिहासिक स्वर्ण पदक जितेकी छन् । ६८ केजीमाथिको स्पर्धाको फाइनलमा ट्युनिसियाकी साक्नी तेस्निमलाई हराउँदै एरिकाले स्वर्ण जितेकी हुन् । यस प्रतियोगितामा एरिकाले पहिलोपटक स्वर्ण जितेकी हुन् । नेपालबाट वर्षा बुढा मगर ५० केजीमूनि, सविना श्रेष्ठले ५५ केजीमुनि र सानुमाया थिङले एकल कातामा प्रतिस्पर्धा गरिरहेका छन् । प्रशिक्षकमा कुशल श्रेष्ठ तथा निर्णायकमा तारा गुरुङ छन् ।