स्वर्णिम धादिङको ७औं साधारणसभा सम्पन्,११ प्रतिशत लाभांश पारित

शनिबार, आश्विन २५, २०८२

theme

स्वर्णिम धादिङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ११ प्रतिशत लाभांश घोषणा गरेको छ । जिल्ला सदरमुकाम धादिङबेसीमा रहेको यस सहकारीले ७औं बार्षिक साधारणसभाबाट ११ प्रतिशत लाभांश पारित गरेको हो । २०७६ बैशाख १ गतेबाट कारोबार गरेको संस्थाले संचालनको दोस्रो बर्षदेखि नियमित १० प्रतिशत बोनस दिंदै आएको छ ।

 

 

१९१९ जना शेयर सदस्यमा ५० प्रतिशत सदस्य युवा रहेको सहकारीको १२ करोड माथि पुँजी रहेको छ । सहकारीले २०८० सालदेखि सञ्चालन गरेको स्वर्णिम मिटमार्टले करिव ४ करोड कारोबार गर्दै आइरहेको अध्यक्ष अशोक कुमार बस्नेतले बताउनुभयो । 

 

 

संस्थाका संस्थापक सचिब रामहरि अधिकारीको प्रमूख आतिथ्यतामा भएको कार्यक्रममा नगरपालिका सहकारी बिभाग प्रमूख उर्मिला थपलियाको बिशेस आतिथ्यता रहेको थियो ।साथै सिद्धलेख गाउपालिकाकी उपाध्यक्ष सबिता अर्याल, संस्थापक कोषाध्यक्ष अम्बिका घिमिरे श्रेष्ठ , श्रोत परिचालन सहकारी संस्थाको अध्यक्ष रुद्र बहादुर खत्री, रबिन्द्र रिजाल लगााएत सेयर सदस्यहरुको आतिथ्यता रहेको थियो ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100%

0%

0%

0%

0%


अनि यो पनि

  • थप पढ्नुहोस् :