धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यान्टार खुङ्गा गाउँमा एउटै जरामा २० भन्दा बढी प्रजातीका वृक्ष भेटिएको छ । एउटै जरामा डुम्री, समी, काभ्रो, वर, पिपल,असुरो, वन खिर्रो, कुटमेरो लगायत २० भन्दा बढी प्रजातीका वृक्ष भेटिएको हो । स्थानीय किसान राम बहादुर दरैको बारीमा रहेको रुख हेर्न मानिसहरुको घुईचोलाग्न थालेको छ । रुख एक सय वर्ष पुरानो रहेको स्थानीयले आँकलन गरेका छन् । यसको संरक्षण गरि पर्यटन प्रवद्र्धन गर्न डिभिजन वन कार्यालय धादिङ र स्थानीयले चासो देखाएका छन् । यसैक्रममा आज स्थलगत निरिक्षण गरिएको हो । यसलाई संरक्षण गरेमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्धनमा सहयोग पुग्ने डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णु प्रसाद आचार्यले बताउनुभयो ।