अनकन्या कपको उपाधि लगनशील युवा क्लबलाई

सोमबार, कार्तिक ११, २०८२

theme

धादिङको ज्वालामुखी गाउँपालिका–७, धरापानीमा भएको १२औं अनकन्या कप ९ साइड फुटबल प्रतियोगिताको उपाधि आयोजक टिम लगनशील युवा क्लबले जितेको छ।

कार्तिक ३ गते देखि सुरु भएको   प्रतियोगिताको र्फाइनल खेलमा लगनशील युवा क्लबले अनकन्या युवा क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो।

प्रतियोगिताको बिजेता टिमलाई रु. १ लाख २५ हजार, कप र मेडल र उपबिजेता टिमलाई रु. ६० हजार सहित मेडल प्रदान गरिएको थियो । लगनशील युवा क्लबका अध्यक्ष आशिष छत्कुलीको अध्यक्षता साथै ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैको प्रमुख आतिथ्यतामा  पुरस्कार वितरण समारोह सम्पन्न भएको थियो ।  

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%


अनि यो पनि

  • थप पढ्नुहोस् :