काठमाडौं इङ्फिल्डर्स क्लव द्वारा पत्रकार अशोक श्रेष्ठ सम्मानित

बुधबार, कार्तिक २७, २०८२

theme

बुलेट मोटरसाइकल राइडर्सहरूको क्लव काठमाडौं इङ्फिल्डर्सले धादिङका पत्रकार अशोक श्रेष्ठलाई सम्मान गरेको छ । 
धादिङका विभिन्न पर्यटकीय क्षेत्रहरूको पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले कार्तिक दोस्रो साता क्लबले आयोजना गरेको टुरका क्रममा प्रचारप्रसार, समन्वय तथा सहकार्य गरेर सहयोग पुर्याएको भन्दै पत्रकार श्रेष्ठलाई कदरपत्रद्वारा सम्मान गरेको हो । 

 


क्लबले आज काठमाडौंको सतुङ्गलस्थित चिया हबमा एक कार्यक्रमको आयोजना गर्दै पत्रकार श्रेष्ठ लगायत टुरलाई सफल पार्न सहयोग गर्ने व्यक्ति तथा संस्थाहरूलाई सम्मानित गरेको हो । 
क्लवले तिहार लगतै धादिङको प्रसिद्ध भैरवी मन्दिर र त्यस परिसरका विभिन्न पर्यटकीय स्थलहरुमा प्रवद्र्धनात्मक यात्रा गरेका थिए । 
क्लबले भैरवी माविका ७० जना विद्यार्थीहरूलाई झोला र स्टेशनरी सामाग्री समेत वितरण गरेको थियो । 
क्लवको उक्त यात्राले धादिङको पर्यटन प्रवद्र्धनमा टेवा पुगेको र आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूमा सक्रिय सहभागीता जनाउँदै प्रचारप्रसारमा सहयोग पुर्याउने पत्रकार श्रेष्ठले प्रतिवद्धता जनाउनुभयो । 
अनलाइन न्यूज पोर्टल साँचोखबर एचडीका सञ्चालक श्रेष्ठले पछिल्लो समय धादिङमा सक्रिय पत्रकारिता गरिरहनुभएको छ । साँचोखबर एचडी श्रव्यदृश्य सामाग्री (भिडियो) मार्फत विभिन्न घटना तथा गतिविधिहरूको हार्ड एण्ड फास्ट न्यूज दिएर लोकप्रिय बनिरहेको छ ।
धादिङको पर्यटन प्रवद्र्धनमा केन्द्रित भएर काम गर्ने योजना रहेको निलकण्ठ नगरपालिका-४ का बासिन्दा समेत रहेका पत्रकार श्रेष्ठले बताउनुभयो । साथै उहाँले आँफु मध्य धादिङको मान्छे भएकाले दक्षिणी धादिङको ब्रोम्दिङदेखि उत्तरी धादिङको रुबीभ्यालीसम्मको प्रवद्र्धनमा उत्तिकै योगदान पुर्याउने चाहना रहेको बताउनुभयो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%


अनि यो पनि

  • थप पढ्नुहोस् :