कुनै पनि औधोगिक प्रतिष्ठानहरु आन्दोलनको निशाना नबनोस् : अध्यक्ष ढकाल

बिहीबार, कार्तिक २८, २०८२

theme

जेन–जी विद्रोहको बेला औधोगिक प्रतिष्ठानहरुमा भएका तोडफोड र कागजनी घुसपेठकै कारण भएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्र्रसाद ढकालले बताउनुभएको छ ।

भ्रष्टाचारको अन्त्य र सुशासनको माग गर्दै जेन–जी समूहले पवित्र उद्देश्यका साथ विद्रोह गरेको भएपनि अवाञ्छित तत्वको घुसपेठले सरकार र नीजि क्षेत्रले ठूलो क्षति व्यहोर्नु परेको दावी गर्नुभयो ।

 

 

धादिङ उद्योग वाणिज्य संघको स्थापना दिवसको अवसरमा धादिङबेसीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ढकालले नीजि क्षेत्र फेरी सशक्त भएर अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

नीजि क्षेत्र सबैभन्दा धेरै कर तिर्ने, रोजगारी सिर्जना गर्ने र निर्माण समेत गर्ने संस्था भएकोले आगामी दिनमा नीजि क्षेत्रलाई कुनैपनि समूहको टार्गेटमा पर्न नदिन र यसले भोगेका समस्या समाधान गर्न सरकारसँग माग पनि गर्नुभयो । 
साथै ठूला उद्योगहरुमा देखिएका विद्युत महशुल वक्यौताका सम्बन्धमा सरकारले पनि न्यायोचित ढंगबाट निर्णय लिनुपर्ने अध्यक्ष ढकालको भनाई छ ।
उद्घाटन कार्यक्रममा बोल्दै धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटीले सबै उद्यमी व्यवसायीहरुको अपनत्व हुने गरी विकसित गर्न सदस्यता प्रकृयालाई सदैव खुल्ला गरिरहेको जानकारी दिनुभयो ।

 

 

संघले संचालन गरेका गतिविधिहरु सबैमाझ पु¥याउन संघको वेवसाइट तयार गर्ने र सदस्यतालाई डिजिटलाइज गर्न शुरु गरिएको उहाँले बताउनुभयो । अधिवेशनको बेला मात्रै आकांक्षी उम्मेदवारहरु मध्येबाट व्यवसाय नविकरणको ठेक्का लगाउने प्रवृत्ति अन्त्य गरी पारदर्शी, जवाफदेही र व्यवसायिक संस्था बनाउने प्रयत्न जारी रहेको अध्यक्ष डल्लाकोटीको भनाई छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%


अनि यो पनि

  • थप पढ्नुहोस् :