एडभान्स एकेडेमीको नृत्य प्रतियोगिता सम्पन्न

शुक्रबार, मंसिर ६, २०८२

theme

एडभान्स एकेडेमीमा कक्षा १–३ का विद्यार्थीहरूको सहभागितामा सिङ्गल डान्स प्रतियोगिता सम्पन्न भएको छ। बुक फ्री डे कार्यक्रम अन्तर्गत गरिएको प्रतियोगितामा ५५ जना विद्यार्थी सहभागी थिए।

कक्षा १ मा आज्ञा श्री श्रेष्ठ प्रथम, स्नेहा श्रेष्ठ द्वितीय, वर्षा तामाङ तृतीय र प्रसिद्ध भट्ट सान्त्वना भए।
कक्षा २ मा अनिश तामाङ प्रथम, इसनिहा श्रेष्ठ द्वितीय, मनिषमा भट्ट तृतीय र सिसन तामाङ सान्त्वना भए।
कक्षा ३ मा रिदिमा नेपाली प्रथम, सुष्मा गुरुङ द्वितीय, दिव्य शाक्य तृतीय तथा रविश्का लम्साल सान्त्वना भए ।

कार्यक्रमको सञ्चालन कक्षा ९ का विद्यार्थीहरूले गरेका थिए भने सभापतित्व प्रधानाध्यापक भीमबहादुर श्रेष्ठले गर्नुभएको थियो। विजेताहरूलाई चाँडै नै पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने विद्यालयले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100%

0%

0%

0%

0%


अनि यो पनि

  • थप पढ्नुहोस् :