चिल्ड्रेनपार्क मा वि मा हाजिरी जवाफ सम्पन्न

शनिबार, मंसिर ७, २०८२

theme

धादिङबेसीमा रहेको चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयमा  हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । 
अतिरिक्त कार्यक्रम विभागको आयोजनामा मङ्सिर ५ गते शुक्रबार अन्तर सदनात्मक प्रतियोगिता सम्पन्न भएको हो । 
विद्यालयले विद्यार्थीहरुको आन्तरिक क्षमता  प्रफुष्टन गर्ने उदेश्यले हरेक शुक्रबार विभिन्न कार्यक्रम सन्चालन गर्दै आईरहेको विद्यालयका प्रिन्सिपल षष्टिकुमार श्रेष्ठले बताउनु भयो ।

 


कक्षाा ६ देखि कक्षा ९ सम्मका प्रत्येक सदनबाट २ समूहका दरले ८ वटा समूहहरुकीच प्रतिस्पर्धा भएको थियो । यस हाजिरी जवाफ कार्यक्रममा नीलो सदन 'बि' प्रथम,रातो सदन 'ए' द्धितीय र  नीलो सदन 'ए' नै तृतीय बन्न सफल भएको छ । 
साथै हरियो सदन 'बि' ले सान्त्वना स्थान प्राप्त गरेको थियो ।प्रतियोगितामा प्रथम,द्धितिय र तृतीय र सान्त्वना हुने समूहलाई मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरीएको कार्यक्रमका संयोजक केशवराज श्रेष्ठले जानकारी दिनुभयो । 
 


प्रथम हुन सफल  नीलो सदन 'बि'
आयुष्मा मरहट्टा कक्षा-९
सारा तामाङ कक्षा-८
मृदुल अधिकारीकक्षा-७
सुप्रिमरमण आचार्य कक्षा- ६
द्धितीय हुन सफल रातो 'ए'
अभिषेक तामाङ कक्षा-९
रोजिना श्रेष्ठ  कक्षा-८
समिर श्रेष्ठ कक्षा-७
सस्मित श्रेष्ठ  कक्षा - ६
तृतिय हुन सफल नीलो सदन 'ए'
रितिशा गुरूङ कक्षा-९
 बिमिश श्रेष्ठ कक्षा-८
 आर्यन श्रेष्ठ कक्षा-७
रासिका खतिवडा कक्षा-६
सान्त्वना हरियो सदन 
आयुष्मा सिन्दाली कक्षा ९
सुलभ श्रेष्ठ  कक्षा ८
दृष्टि अधिकारी कक्षा ७
आरोही नेपाल कक्षा ६
कक्षा ११ र १२
प्रथम: प्रिन्स श्रेष्ठ, प्रतिक गुरूङ, रोबुना रिजाल
द्वितीय: शंकर सुयाल, दिनिप शाह,मिश्मा थापा मगर
तृतीयः प्रिसिला तामाङ, एलिशा गुरूङ, सारा तामाङ र नवराज घिमिरे, विपना तामाङ, अनुज धमला ।

 

 

यसै गरी कक्षा ११ र १२ समेत हाजिरीजवाफ कार्यक्रम भएको थियो भने आज नै प्रि प्राइमरी तहमा फ्रुट फेस्टिभल समेत आयोजना गरिएको थियो ।

 

 

साना बाबुनानीहरूलाई फलफुल सम्बन्धी जानकारी दिने उदेश्यले हरेक वर्ष यस्तो कार्यक्रम आयोजना गरिदै आएको प्रि प्राइमरी तहकी इन्चार्ज अनिता शाक्यले बताउनु भयो ।यो फेस्टिभलले बाबुनानी र अभिभावकहरूको ध्यान तानेको थियो ।यस्तो राम्रो कार्यक्रम आयोजना गरेको भनर्दै अभिभावकहरू खुसी हुँदै विद्यालयलाई धन्यवाद समेत दिनु भएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

100%

0%


अनि यो पनि

  • थप पढ्नुहोस् :