एडभान्स एकेडेमीको स्थलगत शैक्षिक भ्रमण सम्पन्न

मंगलबार, मंसिर १०, २०८२

theme

धादिङ । एडभान्स एकेडेमीमा कक्षा १ देखि ६ सम्म अध्ययनरत विद्यार्थीहरूको वार्षिक स्थलगत शैक्षिक भ्रमण कार्यक्रम यस वर्ष पनि सफलतापूर्वक सम्पन्न गरिएको छ। विद्यार्थीहरूलाई स्थानीय धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाबारे प्रत्यक्ष अध्ययन गराउने उद्देश्यले विद्यालयले हरेक वर्ष यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको छ।

 

 

यस वर्ष कक्षा १ का विद्यार्थीहरूले नीलकण्ठ–१२ स्थित पशुपति मन्दिर अवलोकन गरे भने कक्षा २ का विद्यार्थीहरू नीलकण्ठ–८ मा रहेका कृष्ण मन्दिर तथा मनकामना मन्दिर भ्रमणमा गरेका छन् ।

 

 

कक्षा ३ लाई नीलकण्ठ पार्क, कक्षा ४ लाई ऐतिहासिक रामकोट दरबार, कक्षा ५ लाई सिद्धलेकको मुक्तिनाथ मन्दिर र कक्षा ६ का विद्यार्थीलाई नीलकण्ठ–४ मा अवस्थित ८६० वर्ष पुरानो पौवा घर भ्रमण गराइएको विद्यालयले जनाएको छ।

 

 

स्थलगत भ्रमणको महत्त्वबारे प्राचार्य भीम बहादुर श्रेष्ठले भन्नुभयो,
“यस्ता भ्रमणले विद्यार्थीको व्यवहारिक ज्ञान, सिकाइ अनुभव र सांस्कृतिक बुझाइ बढाउँछ। त्यसैले हामी हरेक वर्ष यस्तो कार्यक्रम निरन्तरता दिँदै आएका छौँ।”


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

100%

0%


अनि यो पनि

  • थप पढ्नुहोस् :