एड्भान्स एकेडेमीमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

शनिबार, मंसिर १४, २०८२

theme

बुक फ्री फ्राइडे कार्यक्रमअन्तर्गत एड्भान्स एकेडेमीमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरूको सक्रिय सहभागितामा सम्पन्न प्रतियोगितामा रातो सदन प्रथम, यालो  सदन द्वितीय, र निलो सदन तृतीय हुन सफल भएका छन्। कडा प्रतिस्पर्धाबीच सम्पन्न यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई कार्यक्रमका सभापतिको उपस्थितिमा प्रमाणपत्र तथा मेडल वितरण गरिएको थियो।

 

 

ईसीए विभागकी प्रमुख सुनिता तामाङका अनुसार विद्यालयस्तरमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई आगामी दिनमा प्याप्सन धादिङले आयोजना गर्ने हाजिरी जवाफ प्रतियोगितामा प्रतिनिधित्व गराउने तयारी भइरहेको छ। उहाले यस्ता कार्यक्रमले विद्यार्थीहरूको बौद्धिक क्षमता, द्रुत सोच्ने क्षमता तथा अभिव्यक्ति कौशल विकासमा महत्वपूर्ण योगदान गर्ने बताउनुभयो।

विद्यालयका प्रिन्सिपल भीमबहादुर श्रेष्ठका अनुसार एड्भान्स एकेडेमीले प्रत्येक शुक्रबार ECA तथा CCA कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ, जसले विद्यार्थीहरूको अतिरिक्त प्रतिभा, आत्मविश्वास र नेतृत्व क्षमतालाई विकसित गर्न मद्दत पुर्‍याइरहेको छ।
हाजिरी जवाफजस्ता प्रतियोगिताले विद्यार्थीको ज्ञान विस्तार, स्वस्थ प्रतिस्पर्धा, र शैक्षिक प्रेरणा वृद्धि गराउने भएकाले विद्यालयले आगामी दिनहरूमा यस्ता गतिविधिलाई अझै प्रभावकारी बनाउँदै लैजाने जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%


अनि यो पनि

  • थप पढ्नुहोस् :