ज्वालामुखी -५ नमुना, सफा र स्वच्छ गाउँ घोषणा

शनिबार, मंसिर १४, २०८२

theme

धादिङको ज्वालामुखी गाउँपालिकाले चौथो वडाको रूपमा वडा नम्बर ५ लाई नमुना, सफा र स्वच्छ गाउँ घोषणा गरेको छ ।

मिसन दुई हजार बयासी, सफा र स्वच्छ क्षेत्र ज्वालामुखी भन्ने मुल नारा लिएर सरसफाइ र स्वच्छतामा काम गरीरहेको धादिङको ज्वालामुखी गाउँपालिकाले शुक्रबार चौथो वडाको रूपमा वडा नम्बर ५ लाई नमुना, सफा र स्वच्छ गाउँ घोषणा गरेको हो ।

 

 

बयासी सालभित्र गाउँपालिकालाई नै स्वच्छ, सफा र नमुना गाउँ घोषणा गरीरहेको पालिकाले यसअघि तीनवटा वडालाई घोषणा गरी सकेको छ । नागरिक स्वस्थ भए मात्र गाउँको विकासको सम्भावना रहेके कभन्दै स्वस्थ हुन सफा र स्वच्छ गाउँ बनाउने अभियानमा लागेको गाउपालिकाका अध्यक्ष यामनाथ दनैले बताउनु भयो । 

 

 

चर्पीको समुचित प्रयोग, व्यक्तिगत सरसफाइ, सुरक्षित पानी, सुरक्षित खाना र भान्सा र घर आगन सफा गरी ५ व्यवहार परिवर्तन र १५ सुचक बनाएर अघि बढेको गाउपालिकाले अहिले गाउँभित्र रहेका ६ हजार ७९ घरधुरी मध्य ७४.३३ प्रतिशत अर्थात् ४५ सय १९ घरमा सबै सुचक पूरा भएको र २५.६६ प्रतिसत अर्थात् १५ सय ६० घरमा सुचक पूरा गर्ने चरणमा रहेको ज्वालामुखी गाउँपालिकाका स्वास्थ्य साखा प्रमुख सुजन श्रेष्ठले बताउनु भयो। 

कम्तिमा चार पटकको अनुगमनमा सबै सुचक पूरा भएपछि मात्र पुर्ण मानिने गरी अनुगमन गरेको र घोषणा गरेको बताइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%


अनि यो पनि

  • थप पढ्नुहोस् :