धादिङ लगाएत देशभरका औषधी व्यवसायीहरू आन्दोलित भएका छन् ।औषधि ऐन, २०३५ को दफा ११ को उपदफा ५ खारेजको माग राख्दै धादिङ लगाएत देशभरका मेडिकल ब्यबसायीहरु आन्दोलित भएका हुन् ।सोही अनुरुप धादिङका औषधी व्यवसायीहरूले आज बिहान ११:०० बजेदेखि मध्यान्ह १२:०० बजेसम्म आ-आफ्नो औषधि पसल (फार्मेसी) बन्द गर्ने घोषणा गरेको औषधी व्यवसायी संघ जिल्ला साखा धादिङका अध्यक्ष अशोक खनालले बताउनुभयो ।पेशागत भविष्य सुनिश्चित गर्न तथा भविष्यमा आइपर्न सक्ने गम्भीर व्यवसायिक समस्या निराकरणका लागि सम्पुर्ण औषधी व्यवसायीहरु को ऐक्यबद्धता अपरिहार्य रहेकाले 'व्यवसाय नै न रहे, व्यवसायी कहाँ रहौला' भन्ने मूल मर्मलाई आत्मसात् गर्दै, १ घण्टा औषधि पसल बन्द गरि संशोधित प्रावधानहरूको खुलेर विरोध गर्न उहाको अनुरोध छ । उत्त दफामा औसधि पसलको दर्ता नबिकरण को म्याद सकिएको भोलिपल्ट देखि सतप्रतिसत जरिबाना लाग्ने र ३१ औ दिन पछि नबिकरण नगरेमा स्वत सङ्स्था खारेज हुने प्राबधान राखिएको छ्।