धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ४ स्थित चिल्ड्रेन पार्क आवासीय माध्यमिक विद्यालयमा पूर्व–प्राथमिक तहका विद्यार्थीका अभिभावकलाई लक्षित गर्दै अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा पूर्व–प्राथमिक तहका विद्यार्थी, शिक्षक तथा अभिभावकको भूमिकाबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।अभिभावकलाई बालबालिकाको सिकाइमा दिनुपर्ने घरायसी सहयोग, शिक्षकको पठन–पाठनमा अपनाइने विधि तथा विद्यार्थीले सिकाइ प्रक्रियामा देखाउनुपर्ने सक्रियताको विषयमा अभिमुखीकरण सम्पन्न भएको हो ।

साथै, कार्यक्रममा सिपिएस CPS मोडेल सम्बन्धी तालिम समेत दिइएको विद्यालयले जानकारी दिएको छ। Complete Per School Systemअन्तर्गत सिकाइ–सुधारका उपाय, बालमैत्री वातावरण निर्माण तथा अभिभावक–शिक्षक सहकार्यलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा सहभागीलाई विस्तृत प्रशिक्षण प्रदान गरिएको थियो।विद्यालयका अनुसार यस्तो कार्यक्रमले छात्रछात्राहरूमाझ गुणस्तरीय सिकाइ प्रवद्र्धन गर्ने र अभिभावक–विद्यालय सम्बन्धलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।