ड्रीम क्रिकेट

मंगलबार, मंसिर १७, २०८२

theme

धादिङ र अष्ट्रेलियन रोटरी क्लबको संयुक्त पहलमा आज ड्रीम क्रिकेट सन्पन्न भएको छ । कार्यक्रममा ५०भन्दा बढी विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो । विद्यार्थीहरूले क्रिकेटको महत्त्व, खेलकुदले अनुशासन, समूह–कार्य, नेतृत्व क्षमता तथा सकारात्मक व्यवहार कसरी विकास गर्छ भन्नेबारे सिकाई प्राप्त गरेका छन् ।
Rotary Australia World Community Service (RAWCS) Australia का स्वयंसेवकहरू Rob Uhl र Mary Brell ले कार्यक्रमलाई प्रभावकारी र स्मरणीय बनाउनु भएको थियो ।

ड्रीम क्रिकेट कार्यक्रमपछि, Rotary Australia World Community Service (RAWCS) का स्वयंसेवकहरूले बालबालिकालाई न्यानो ऊनी टोपीहरू वितरण गरेका थिए ।

 

 

यस कार्यक्रमले खेलकुद केवल मनोरञ्जनका लागि मात्र नभई विद्यार्थीहरूमा अनुशासन, आत्मविश्वास, सहकार्य भावना र स्वस्थ जीवनशैली विकास गर्ने सशक्त माध्यम हो भन्ने कुरा स्पष्ट पारेको रोटरी क्लब अफ धादिङका प्रेसिडेन्ट डा. राम रिजालले बताउनुभयो ।साथै रोटरी धादिङले कार्यक्रममा संलग्न सबै सहभागी, स्वयंसेवक, प्रशिक्षक तथा सहयोगीहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%


अनि यो पनि

  • थप पढ्नुहोस् :