चिल्ड्रेनपार्क मा.वि. मा वक्तृत्वकला सम्पन्न

मंगलबार, श्रावण २९, २०८१

theme

धादिङ । धादिङबेशी सदरमुकाममा अबस्थित  चिल्ड्रेनपार्क आवासिय माध्यमिक विद्यालयमा मंगलबार वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। विद्यालयको शैक्षिक कार्यपात्रो अनुसार कक्षा १र २ को वक्तृत्वकला कार्यक्रम ४७ विद्यार्थीहरूको सहभागितामा विद्यालयले आफ्नै हलमा सम्पन्न भएको छ । 

 


सरसफाई' शीषर्क कक्षा १ का लागि 'स्वस्थ वातावरण' कक्षा २ का लगि दिइएको थियो।  साना बाबुनानीहरूले आफ्नो दमदार प्रस्तुति दिनुभएको थियो ।
उक्त कार्यक्रममा  कक्षा १ बाट संयम खड्का र रूक्सन कुवर सान्त्वना, ऋज्वी थापा तृतीय, प्रश्ना थापा द्वितीय र कृजल अर्याल प्रथम हुनु भएको थियो ।यसै गरी कक्षा २ बाट एन्जिला गुरूङ र स्पर्श बसौलाले सान्त्वना, सुप्रिया गुरूङले तृतीय, दिया थापाले द्वितीय स्थान र आरोन्स गुरूङले प्रथम स्थान प्राप्त गर्नु भएको थियो ।

सानै उमेरदेखि विद्यार्थीहरूको वाककलालाई राम्रो बनाउन नेपाली विभागले यस्तो कार्यक्रम गरेको कार्यक्रकका संयोजक शिक्षक भरत कुमार श्रेष्ठले बताउनु भयो । विजेता विद्यार्थीलाई बधाई दिदै विद्यालयका प्रिन्सिपल षष्टिकुमार श्रेष्ठले पुरस्कार वितरण गर्नु भएको थियो । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
71%

14%

14%

0%

0%


अनि यो पनि

  • थप पढ्नुहोस् :