धादिङ्गे भाले भनेर परिचित धादिङ ज्वालामुखी गाउँपालिका ५ का नवराज काप्रीले हास्य व्याङ्य गाईजात्रा २०८१ सार्वजनिक गरेका छन् ।
लोक दोहोरी गीतको क्षेत्रमा कमेडी गायकको रुपमा स्थापित बन्दै गरेका नवराज काप्री टिकटक भिडियोमा पनि उत्तिकै रुचाईएका व्यक्ति हुन् । उनले आफ्नै यु ट्युव च्यानल नवराज काप्री धादिङ्गे भाले मार्फत गाईजात्रा २०८१ सार्वजनिक गरेका हुन् ।
पछिल्लो समय देशको बिग्रदो राजनिती लाई गितमा र्यापमा र पेचिलो भाषामा तयार पारिएको गाइजात्रा अहिले सर्बधिक बजारमा रुचाइएको छ । नवराज काप्री (भाले) आफैले तयार पारेका उक्त गाइजात्रामा नविना सिल्वाल (खुइली) ले र्याप गाएकी छिन भने अरु बिषयबस्तु लाई नवराज आफैले ब्याङ्य गरेका छन ।