गरिब विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

आइतबार, भाद्र २, २०८१

theme

धादिङको नीलकण्ठ नगरपालिका– ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठको पहलमा गठित वडा अध्यक्ष अक्षयकोषले गरिब तथा जेहेन्दार बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ । नगरपालिका भित्रका विद्यालयहरुमा अध्ययनरत अति विपन्न तथा गरिव ४७ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।


निर्वाचनको समयमा गर्नुभएको प्रतिवद्धता अनुसार वडा अध्यक्ष अक्षयकोष निर्माण गरी किताब, कापी, झोला, जुत्ता, विद्यालय पोशाक लगायतका शैक्षिक सामाग्री वितरण गरिएको नीलकण्ठ नगरपालिकाका– ३ वडा अध्यक्ष एवम् अक्षयकोषका अध्यक्ष राजकुमार श्रेष्ठले बताउनुभयो । ‘कापी, कलम, झोला, विद्यालय पोशाक लगायतका शैक्षिक सामाग्री अभावका कारण पढ्नका लागि समस्या भोग्दै आएका बालबालिकालाई आवश्यक सामाग्री वितरण गरिएको हो ।

उहाले आफूले पाउने तलव भत्ताले संकलन भएको अक्षयकोषबाट शिक्षा, स्वास्थ्य, खेलकुद लगायत अन्य सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको र निरन्तर यस्ता सामाजिक कार्य गरिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

दुई लाख ९५ हजार ४६३ रुपियाँ बराबरको शैक्षिक सामाग्री वितरण गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । अक्षयकोषको मुद्धती खातामा छ लाख ९० हजार र बचत खातामा एक लाख ७४ हजार रुपियाँ रहेको उहाले बताउनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
40%

0%

0%

60%

0%


अनि यो पनि

  • थप पढ्नुहोस् :