धादिङको नीलकण्ठ नगरपालिकामा आकस्मिक स्वास्थ्य सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । कीर्तिगङ्गा मेडिकल सेन्टर काठमाडौंको आयोजना तथा नीलकण्ठ नगरपालिका र जनस्वास्थ्य कार्यालय धादिङको समन्वयमा "अकाल मृत्युबाट आफू पनि बचौ र अरुलाई पनि बचाऔं" भन्ने मुल नाराका साथ कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम प्रशिक्षकको रुपमा डा. राम थापा क्षेत्री रहनुभएको थियो भने स्वास्थ्य बीमा बोर्ड, जिल्ला सम्पर्क कार्यालयकी दर्ता अधिकारी शशीकला भण्डारी ले आफ्नो प्रस्तुति दिनुभएको थियो।
कार्यक्रममा CPR तालिम, मानसिक स्वास्थ्य, डेङ्गु न्यूनीकरण तथा उपचार, विपद व्यवस्थापन, आकस्मिक स्वास्थ्य सम्बन्धि अभिमुखीकरण गरिएको थियो ।
नीलकण्ठ नगरपालिकाका उपमेयर दीपक विश्वकर्माको प्रमुख आतिथ्यता भएको कार्यक्रममा नीलकण्ठ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष बद्री प्रसाद दाहालको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नगर प्रहरी, टोल विकास संस्था महासङ्घ, खेलाडी, पत्रकार तथा विद्यार्थी, आमा समूह लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।