उत्कृष्ट कार्य गर्ने २१ स्थानीय प्रमुखहरु सम्मानित

शुक्रबार, भाद्र २८, २०८१

theme

धादिङ । स्थानीय तह संस्थागत स्वमुल्याङ्कनका आधारमा कांग्रेसका जनप्रतिनिधिले नेतृत्व गरेका २१ स्थानीय तहका प्रमुखहरु सम्मानित भएका छन् ।

नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभागको आयोजनामा
सानेपामा बिहीबार विशेष कार्यक्रमका बीच स्वमुल्याङकन(LISA) मा उत्कृष्ट नतिजा ल्याउने  २१ गाउँपालिका र नगरपालिकाका प्रमुखहरूलाई सम्मान गरिएको  हो ।
धादिङबाट उत्कृष्ट कार्य गर्ने नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गाना सहित धादिङको नेत्रावती डबजोङ गाउँपालिका अध्यक्ष मेघनाथ रिजाल र ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमना दनै लाई सम्मान गरेको हो ।  

स्थानीय सरकार संस्थागत क्षमता  मुल्यांकन (LISA)को  आर्थिक बर्ष २०७९/८० को गुणस्तर मूल्याङ्कन मा देशभर बाट ९२.५ नम्बर सहित निलकण्ठ नगरपालिका प्रथम भएको थियो ।

स्थानीय सरकार को संस्थागत क्षमता स्व-मूल्याङ्कन (LISA) को आर्थिक बर्ष २०७९/८० को गुणस्तर मूल्याङ्कनमा ज्वालामूखी गाउँपालिका तृतीय स्थान हासिल गर्न सफल भएको थियो ।   

 

 

त्यस्तै कांग्रेसले महालेखा परिक्षकको आर्थिक बर्ष २०७९/८० को वार्षिक प्रतिवेदन अनुसार कम बेरुजु हुने स्थानीय तहहरुमा धादिङको नेत्रवती डवजोङ गाउँपालिकालाई सम्मान गरेको हो ।

 

 

केन्द्रीय सदस्य तथा स्थानीय तह समन्वय विभागका प्रमुख मधु आचार्यले पार्टीबाट निर्वाचित भएर स्थानीय सरकारको जिम्मेवारीमा रही महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै जनताको सेवा प्रवाहलाई ध्यान दिएकोमा यो सम्मान गरिएको बताउनुभयो ।
देश भरका ७ सय ५३ वटा स्थानीय तहहरुमध्ये ३ सय ३२ वटा स्थानीय तहमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुको नेतृत्व रहेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%


अनि यो पनि

  • थप पढ्नुहोस् :