बाल दिवसको अवसरमा हिज्जे प्रतियोगिता सम्पन्न

शनिबार, भाद्र २९, २०८१

theme

६० औँ राष्ट्रिय बाल दिवसको अवसरमा शुक्रवार वडा स्तरीय अन्तर स्कुल हिज्जे प्रतियोगिता  (SPELLING CONTEST) सम्पन्न भएको छ ।

बाल संजालको आयोजना तथा नीलकण्ठ नगरपालिका-३ को व्यवस्थापनमा भएको प्रतियोगितामा  धादिङ आवासीय माध्यामिक बिद्यालय प्रथम,  नीलकण्ठ बालमन्दिर  माध्यामिक बिद्यालय द्वितीय र  न्यु किबो बोर्डिङ स्कुल तृतीय स्थान हासिल गर्न सफल भएको छ । 

 


कार्यक्रममा विभिन्न बिद्यालयका शिक्षक शिक्षिका र ८ विध्यालयका २४ जना बिद्यार्थीहरुको  सहभागीता रहेको थियो । साथै  न्यु किबो बोर्डिङ स्कुलका छात्र आयुष राना मगर BEST SPELLAR छनोट भएका थिए ।

कार्यक्रममा  नीलकण्ठ नगरपालिका-३ का वडाअध्यक्ष राजकुमार श्रेष्ठ को प्रमुख आतिथ्यता रहेको थियो भने वडा सचिब बिर बहादुर दुवाडी, बाल संजाल सहजकर्ता प्रदीप रेग्मी साथै  वडा सदस्यहरुको  उपस्थिति रहेको थियो । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100%

0%

0%

0%

0%


अनि यो पनि

  • थप पढ्नुहोस् :