धादिङका गणेश को ‘पागल भन्छ मलाई’ सार्बजनिक

शुक्रबार, आश्विन १८, २०८१

theme

धादिङ । धादिङका युवा गणेश श्रेष्ठ ‘दोषी आँसु’को शब्द चयनमा बनेको ‘पागल भन्छ मलाई’ बोलको गीत बजारमा आएको छ ।

भर्खर उदाउदै गरेका धादिङ नीलकण्ठ-४ निवासी लेखक श्रेष्ठको शब्दमा सजिएको यो तेश्रो गीत हो । 'पागल भन्छन् मलाई' बोलको गीतले प्रेम र बिछोडको भाव समेटिएको लेखक श्रेष्ठले बताएका छन् ।

पवन राना मगरले स्वर र संगीत भरेको गीतको म्युजिक भिडियो ‘पीपीएन प्रोडक्सन यूके’ युट्युब च्यानलबाट भिडियो सार्वजनिक गरिएको छ । बेलायवासी कलाकार प्रभु गुरुङले निर्देशन गरेको म्युजिक भिडियोमा बेलायतकै विभिन्न ठाउँको दृष्य देख्न सकिन्छ । बेलायतका रमणीय स्थानहरूका खिचिएको भिडियोमा रमा लिम्बू र झलक तामाङले अभिनय गरेका छन् ।

एरेन्जर, रेकर्डिङ तथा मिक्सिङ सञ्जल भण्डारी बी२ ले गरेका हुन् ।
प्रोड्युसर ऐना राना, सम्पादन पवन सुस्लिङको रहेको छ । गीत सुनेर तथा भिडियो हेरेर प्रतिक्रिया दिन निर्देशक गुरुङले अनुरोधसमेत गरेका छन् ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
50%

0%

0%

50%

0%


अनि यो पनि

  • थप पढ्नुहोस् :