अस्ट्रेलियाको तास्मनियामा सम्पन्न तेस्रो दसै कप फुटबलको उपाधि आयोजक नेप्लिज फुटबल क्लब अफ तास्मनिया (एनएफसीटी)ले जित्न सफल भएको छ । ७ टोलीको सहभागिता रहेको प्रतियोगिताको फाइनलमा अस्ट्रेलियन भुटनीज सोसाइटी अफ नर्दन तास्मनिया (एबिएसएनटी वाइसी) लाई १–० गोलअन्तरले पराजित गर्दै एनएफसीटी च्याम्पियन बनेको हो ।
एनएफसीटीलाई च्याम्पिय बनाउन रेगन शेरचनले निर्णायक गोल गरेर फाइनल खेलको म्यान अफ दि म्याच बनेका थिए । उपाधि सँगै एनएफसीटीले नगद २५ सय अस्ट्रेलियन डलरका साथमा ट्रफी र मेडल हात पारेको छ भने उपविजेता बनेको एबिएसएनटी वाइसीले नगद एक हजार डलरका साथ ट्रफी र मेडल प्राप्त गरेको छ ।
प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गर्ने एनएफसीटीका विशाल गुरुङ प्लेयर अफ दि टुर्नामेन्ट घोषित हुदै नगद २ सय डलर र ट्रफी हात पारेका छन् । प्रतियोगितामा एबिएसएनटी वाइसी फेयर प्ले टोली बन्दा अर्पण राइले उत्कृष्ट मिल्डफिल्डर सर्वाधिक गोलकर्ताको उपाधि जितेका थिए । त्यस्तै, एनएफसीटीका केविन श्रेष्ठ उत्कृष्ट डिफेन्डर र बिमल अधिकारी उत्कृष्ट गोलकिपर छानिएका एनएफसीटीका पब्लिक रिलेशन अफिसर हरि गोतामेले जानकारी दिनुभयो ।
उक्त प्रतियोगितामा बालबालिकाको खेल र महिला पेनाल्टी शूटआउट समेत गरिएको थियो ।
३ वर्ष देखि लगातार दशैं कपको आयोजना गर्दै आईरहेको NFCT क्लब सन् २०१९ मा स्थापित भएको हो ।