अन्तराष्ट्रिय धादिङ समाजको अध्यक्षमा पुनःराजन खकुराल

बुधबार, आश्विन २३, २०८१

theme

अन्तराष्ट्रिय धादिङ समाजको अध्यक्षमा पुनःराजन खकुराल (युके) चयन हुनु भएको छ ।

मंगलबार सदरमुकाम धादिङबेसी स्थित क्रिक रिसोर्टमा भएको तेस्रो महाधिवेशनमा खकुरालको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएका हुन् ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दिनेश तामाङ (नेपाल), महिला उपाध्यक्षमा सविन थपलिया (अस्ट्रेलिया), खुल्ला उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ (जापान), बद्री खतिवडा(अमेरीका) चयन हुनुभएको छ ।

यस्तै महासचिवमा बाबुकाजी भण्डारी(जापान), सचिवमा राजेन्द्र थपलिया (द. कोरिया), सचिवमा कल्याण विक्रम कार्की (अष्ट्रेलिया), कोषाध्यक्षमा रामकुमार थापा (नेपाल), सह कोषाध्यक्षमा सोमनाथ कडेंल (कतार) चयन हुनुभएको छ।

यसैगरी सदस्यहरुमा दिपक तिमिल्सिना (युके), पारस भण्डारी(अस्ट्रेलिया), विनोद उप्रेती(अस्ट्रेलिया), कमल दुवाडी(अमेरीका), छन्द प्रसाद सिलवाल (भारत) चयन हुनुभएको छ ।

समाजका अनुसार १ जना महिला उपाध्यक्ष, महिला सविच, प्रवक्ता र ४ जना सदस्य मनोनियत गरिने छ ।

महाधिवेशनको नेपाल सरकारका कृषी तथा पशुपंन्छी विकास मन्त्री रामनाथ अधिकारीले उद्घाटन गर्नुभएको थियो ।
महाधिवेशनमा विश्वका १४ देशमा रहेका धादिङ्गेलीहरु मध्येबाट एक सय २५ जना भन्दा बढि प्रतिनीधी सहभागी थिए ।

महाधिवेशनको लागि १४ देशबाट सहभागी भएको र ४ देशबाट प्रतिनिधि नआएको अध्यक्ष खकुरालले बताउनुभयो । भौतीक उपस्थिति जनाउन नसकेका प्रतिनीधिहरु भर्चुअल माध्यमबाट जोडिएको उहाँको भनाई छ ।

अन्तराष्ट्रिय धादिङ समाजको १८ देशमा राष्ट्रिय समन्वय परिषदको शाखा विस्तार भएको छ।
अन्तर्राष्ट्रिय धादिङ समाजले जिल्लामा विभिन्न क्षेत्रमा सहयोग गर्दै आईरहेको छ ।

 

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

100%


अनि यो पनि

  • थप पढ्नुहोस् :